बिग थ्रीमध्ये एक फेडेररको करियर अन्त्य

0
Shares

लन्डन, (एजेन्सी) । 

टेनिस बिग थ्रीमध्ये एक रोजर फेडररले करियरको अन्त्य गर्ने घोषणा गरेका छन् । टेनिसका बिग थ्री भन्नाले स्पेनका राफेल नाडाल, सर्बियाका नोभाक जोकोभिच र स्विटजरल्यान्डका फेडररलाई चिनिन्छ । यसमा अब फेडररको करियर समाप्त हुने भएको छ । उनको सेप्टेम्बर २३ देखि २५ सम्म लन्डनमा हुने लेभर कप अन्तिम प्रतियोगिता हुनेछ ।

४१ वर्षीय स्विस स्टारले लामो यात्रामा आफ्नो समर्थक र प्रतिद्वन्द्वी खेलाडीलाई धन्यवाद दिएका छन् । फेडररले बताए-म ४१ वर्षको हुँ । मैले २४ वर्षमा १५ सय भन्दा बढी खेल खेले । मैले तय गरिसके कि मेरो करियरको अन्त हुने समय आएको छ ।
फेडररको २४ वर्ष करियर शानदार रहेको छ ।

उनले भने—‘मेरो २४ वर्ष २४ घण्टा जस्तै बितेको जस्तै भयो । यो यस्तो अनुभव हो जस्तो कि मैले पुरै जिन्दगी व्यतित गरे । मेरो सौभाग्य पनि हो कि मलाई तपाईं हरू जस्ता दर्शकले रुचाए र ४० अलग अलग देसमा खेल्ने मौका पाएका छन् । यति लामो करियरमा म हाँसे पनि, रोए पनि र दुःख पनि पाए । तर, मैले आफुूलाई राम्रो महसुस गराए । फेडरर पुरुष सिंगल्समा सबैभन्दा धेरै ग्रान्डस्लाम उपाधि जित्नेमा तेस्रो नम्बरमा छन् ।

उनी २० ग्रान्डस्लाम जित्ने विश्वका पहिलो पुरुष खेलाडी बनेका थिए । पुरुष सिंगल्समा सर्वाधिक ग्रान्डस्लाम जित्ने सूचीमा स्पेनका राफेल नाडाल रहेका छन् । उनले २२ ग्रान्डस्लाम उपाधि जितेका छन् । जबकि दोस्रो स्थानमा रहेका सर्बियाका नोभाक जोकोभिचले २१ ग्रान्डस्लाम जितेका छन् ।

२०१८ मा अन्तिम ग्रान्डस्लाम

फेडररले २८ जनवरी २०१८ मा उनको अन्तिम ग्रान्डस्लाम उपाधि जितेका थिए । उनले मेलबर्नमा सम्पन्न अस्टे«लियन ओपन फाइनलमा क्रोएसियाका मारिन सिलिचलाई हराएका थिए । त्यही बेला उनले २० औं ग्रान्डस्लाम जित्ने पहिलो पुरुष खेलाडी बनेका थिए ।

फेडेररले २०२१ जूनमा फ्रेन्च ओपनको चौथो चरणमा पुगे पनि प्रतियोगिताबाट हट्ने निर्णय लिएका थिए । उनले विम्बल्डनको लागि स्वयमलाई फिट राख्ने योजना बनााएका थिए । तर, उनी क्वार्टरफाइनलमा सीधा सेटमा पराजित भए । त्यसपछि भने उनी कोर्टमा खेलेको देख्न पाइएन ।

सबैभन्दा बढी कमाउने टेनिस खेलाडी

फेडरर पछिल्लो महिना सबैभन्दा बढी कमाइ गर्ने टेनिस खेलाडी बनेका थिए । लगातार १७ वर्ष उनले यो कीर्तिमान हासिल गरेका थिए । उनको कूल कमाइ ९० मिलियन डलर हो । यो कमाइ एजेन्टको फी र कर घटाएको हो । उनले पूरै कमाइ विज्ञापन, व्यवसाय र कयौं इभेन्टमा कमाएको आधारको पनि हो ।

पहिला बलब्वाई थिए

स्विटजरल्यान्डको बसेल सहरमा ८ अगस्ट १९८१ मा जन्मेका रोजर फेडरर खेलाडी बन्नुअघि बल ब्वाइ थिए । सन् १९९२–९३ तिर उनी स्विस इन्डोर प्रतियोगितामा बल उठाउने बलब्वाई भएका थिए । १९९६ मा उनले जुनियर स्तरमा आफ्नो पहिलो खेल खेलेका थिए । त्यतिबेला उनी १४ वर्षका थिए ।

दुई वर्षपछि फेडररले आफ्नो बुबालाई पढाइ छाड्ने कुरा गरे । किनभने उनी पढाइले गर्दा खेलमा उनले ध्यान दिन सकिरहेका थिएनन् । यसमा उनका बुबा रोबर्ट फेडररले उनलाई २ वर्षको समय दिएका थिए । टेनिसमा सफल नभए फेरि विद्यालय जानुपर्ने सर्त उनका बुबाले लगाएका थिए । फेडरर फेरि विद्यालय जान चाहँदैनथिए । यसैले, उनले दुई वर्ष जुनियरमा विश्व नम्बर एक खेलाडी बने ।

उनले १९९८ मा जुनियर खेलाडीमा विम्बल्डन खेलेका थिए । यसै वर्ष भएको यूएस ओपनमा जुनियर विधाको फाइनलमा समेत उनी पुगेका थिए ।फेडररले आफूमाथि बुबाको विश्वास नभएको पनि बताए । उनले बताए—मेरा आमाबुबाले हरेक वर्ष मेरो टेनिस ट्रेनिङको लागि लगभग ३० हजार स्विस फ्रेन्क खर्च गर्थे । तर, मेरा बुबामुमालाई ममाथि विश्वास भने थिएन । उहाँहरूले मेरो व्यावसायिक टेनिस खेलाडी बन्न कठिन रहेको बताउनुभएको थियो ।
फेडररको ग्रान्डस्लाम उपाधि
६ अस्ट्रेलियन ओपन: २००४,२००६,२००७,२०१०, २०१७,२०१८
१ फ्रेन्च ओपन:२००९
८ विम्बल्डन:२००३,२००४,२००५,२००६,२००७,२००९,२०१२,२०१७
यूएस ओपन: २००४,२००५,२००६,२००७,२००८

ओलम्पिकमा पदक:

२००८ बेइजिङ ओलम्पिक: मेन्स डबल्समा स्वर्ण
२०१२ लन्डन ओलम्पिक: मेन्स सिंगल्समा रजत