अगस्टमा ४१ हजार पर्यटकले नेपाल घुमे


काठमाडौं ।
अघिल्लो महिनाको तुलनामा गत अगस्ट महिनामा नेपाल आउने पर्यटकको संख्या ३ हजार जनाभन्दा बढीले घटेकोे छ । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिनामा जम्मा ४१ हजार ३०४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यसअघि जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । अगस्ट महिनामा सबैभन्दा बढी भारतबाट १६ हजार १४७ जना, अमेरिकाबाट ४ हजार ६६ जना, बेलायतबाट २ हजार ८२६ जना, बंगलादेशबाट १ हजार ७५१ जना, अष्ट्रेलियाबाट १ हजार २१० जना र चीनबाट १ हजार २८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यद्यपि, सन् २०२१ र २०२० को तुलनामा भने यो उल्लेख्य वृद्धि हो ।
कोभिड–१९ को संक्रमणदर अत्यान्तै उच्च रहेको हु“दा अघिल्ला वर्षको अगस्ट महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्या अत्यान्तै न्यून रहेको थियो । विश्वव्यापी कोभिड महामारी फैलिनु अघि सन् २०१९ को अगस्ट महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
पछिल्लो तथ्यांकअनुसार नेपालको पर्यटन व्यवसायी पुनः लयमा फर्किने प्रयासमा रहेको पर्यटन व्यवसायी बताउ“छन् । पर्यटन व्यवसायी मित्रलाल श्रेष्ठका अनुसार कोभिड अगाडिको स्थितिमा पुग्न अझै केही समय कुर्नुपछि तर अघिल्ला वर्षको तुलनामा भने पर्यटन क्षेत्र केही सुधार हु“दै गएको छ ।
सन् २०२२ को ८ महिनाको अवधिमा ३ लाख २२ हजार ४२६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । जसमध्ये जनवरी महिनामा १६ हजार ९७५ जना, फेब्रुअरी महनिामा १९ हजार ७६६ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
त्यस्तै, मार्च महिनामा ४२ हजार ६ जना, अप्रिल महिनामा ५८ हजार ३४८ जना, मे महिनामा ५३ हजार ६०८ जना र जुन महिनामा ४६ हजार ९५७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो तथ्यांक हवाईमार्गबाट नेपाल प्रवेश गर्ने तथ्यांक मात्र रहेको छ ।