सेयर बजारमा सामान्य सुधार

0
Shares

काठमाडौं  । आज सेयर कारोबारमा सामfन्य सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार २.१९ प्रतिशतले कारोबार दृद्धि हुँदै नेप्से १९ सय ९५ मा अड्किएको छ ।

आज कुल २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर कारोबार हुँदा एक अर्ब १९ करोड ५१ लाख ६ हजार ६ सय ९६ रुपैयाँको कारोबार भएको छ । यस्तै, आज २० हजार आठ सय ५८ पटक कारोबार भएको पनि स्टक एक्सचेन्जले जनाएको छ ।