मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते


बारा ।

बाराको कलैया उपमहानगरपालिका –१२ धर्मनगरमा गएराती मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् ।

घाइतेहरुको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ ।

गएराती ९ बजे मटिअर्बाबाट बीरगन्जतर्फ जाँदै गरेको ना १२ प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको रेलिङमा ठोक्किएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।