१० जना महिला केन्द्रीय सदस्यमा मनोनयन



काठमाडौं । नेपाली कांग्रेसले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई केन्द्रीय सदस्यमा कनोनयन गरेका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमध्ये किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्