बेलायत पठाइदिने बहानामा १५ लाख ठगी गर्ने पक्राउ



काठमाडौं । बेलायत पठाइदिने बहानामा १५ लाख ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सामाखुसी बस्ने ईलाम नगरपालिका-१ नारायणटारका ३७ वर्षीय प्रकाश राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिन्छु भन्दै १५ लाख रुपियाँ ठगी गरी सम्पर्क बिहिन भएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्