साउन २७ गते : यस्तो छ तपाईंको राशिफल



मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्नेछ, तर पेटको समस्या बढ्न सक्छ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भक्ति पनि बढ्नेछ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानातिना बाधा आइलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

प्रतिक्रिया दिनुहोस्