आगोलागीबाट एक लाख बराबरको क्षति



लमजुङ । बेसीशहर नगरपालिका-११ रामचोकबेसी स्थित कोलडाँडामा आगलागिबाट एक घर जलेर नष्ट भएको छ । मंगलबार बिहान करिव साँढे नौ वजेको समयमा कोलडाँडाका ७० वर्षीय आईते सार्कीको घरमा आगलागि हुदाँ घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त घरमा आइते सार्की र उनकी पत्नी उजेली वस्दै आएका थिए । खाना पकाउने क्रममा अचानक आगो लाग्दा घर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट करिव १ लाख ५० हजार बराबरको क्षति भएको छ । मानवीय तथा पशु चौँपायाहरुको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । उक्त आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्