मेरो सेयर एप अब आईओएसमा पनि



काठमाडौं ।

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले सञ्चालनमा ल्याएको मेरो सेयर एप अब आईओएसमा पनि उपलब्ध हुने भएको छ ।

सीडीएससीले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएसमार्फत् उक्त एप उपलब्ध गराउने बताएको छ ।यसअघि नै सीडीएससीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो ।

तर, एप्पलका प्रयोगकर्ताले भने उक्त एप डाउनलोड गर्नबाट वञ्चित हुँदै आएका थिए । त्यसलाई मध्यनजर गर्दै सीडीएससीले एप्पलका प्रयोगकर्ताका लागि पनि उक्त एप उपलब्ध गराउन लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्