रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज



TURIN, ITALY – AUGUST 31: Cristiano Ronaldo of Juventus smiles during the Serie A match between Juventus and SSC Napoli at Allianz Stadium on August 31, 2019 in (Photo by Valerio Pennicino – Juventus FC/Juventus FC via Getty Images)

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ ।

सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन् ।

तर, अमेरिकी अदालतले  मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पाएपछि रोनाल्डोको मुद्दा खारेज गरेको हो ।

यसअघि रोनाल्डोले आरोपको खण्डन गर्दै आएका थिए । रोनाल्डोमाथि आरोप लगाउने उक्त युवती सन् २०१० मा रोनाल्डोसँग सम्झौताका लागि तीन सय ७५ हजार डलर माग गरेकी थिइन् ।

तर, पछि अरु रकमको माग गर्दा नपाएपछि उक्त युवतीले मुद्दा हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्