लमजुङको क्व्होलासोथर गाउँपालिकामा एमाले विजयी



लमजुङ ।

लमजुङको क्व्होलासोथर गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित आठवटै वडामा एमाले उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेका अनुसार अध्यक्षमा एक हजार ३६७ मतान्तरले सूर्यप्रसाद गुरुङ विजयी भएका छन् । उनले तीन हजार ८५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत प्राप्त गरे । मङ्गोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै गमिमाया गुरुङ एक हजार ६४९ मतान्तरले विजयी भएकी छिन् । उनले तीन हजार ९८९ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत प्राप्त गरिन् । व्होलासोथरमा ९ हजार २९८ मतदाता रहेकामा ६ हजार ६५७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्