बनेपाको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी


काठमाडौं ।

काभ्रेको बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट शान्तिरत्न शाक्य र उपप्रमुखमा नेकपा एमालेबाट  रत्न कुश रञ्जितकार विजयी भएका छन् ।

नगरप्रमुखमा कांग्रेसका  शाक्य १३ हजार ७९३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्न कुश रञ्जितकारले ११ हजार ८३५ मत पाए । राप्रपाका उम्मेदवार रेमण्ड कर्माचार्यले ८७६ मत पाए ।

नगर उपप्रमुखमा नेकपा एमालेकी विमला सापकोटा दाहाल निर्वाचित भइन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रगुबर प्रधानलाई १ हजार ४७७ मत अन्तरले हराइन् । सापकोटाले ११ हजार ९९२ मत पाउँदा प्रधानको पक्षमा १० हजार ५१५ मत परेको छ ।