सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षमा जसपाका यादव विजयी



सप्तरी ।

सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उमेशप्रसाद यादव निर्वाचित भएका छन् । उनले ३ हजार १ सय ६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार लिलाम्बर यादवलाई पराजित गरेका हुन्।

कांग्रेसका यादवले २ हजार ८ सय ११ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ३ सय ६५ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी जसपाकी उषाकुमारी साहले ३ हजार ४६ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्