बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनका शीर्ष नेताको आग्रह



काठमाडौं ।

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पाँचदलीय सत्ता गठबन्धनले आग्रह गरेको छ ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो ।

गठबन्धनबाहेक दलसँग भएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति पनि उनीहरूले गरेका छन् । चितवनलगायत ठाउँमा सत्ता गठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेको छ ।

आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्