भरतपुर महानगरको बागी उम्मेदवार फिर्ता लिन पौडेल सकारात्मक



चितवन ।

भरतपुर महानगरको मेयरको उम्मेदवार रेणु दाहालविरुद्ध बागी यम्मेदवारी दिएका कांग्रेस नेता जग्गनाथ पौडेलले उम्मेदवारी फिर्ता लिन सकारात्मक भएका छन् ।

राज्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठले पौडेलसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा उम्मेदवारी फिर्ता लिन पौडेल सकारात्मक भएको बताइएको छ ।

मन्त्री श्रेष्ठले पौडेलको घरमै पुगेर उम्मेदवारी फिर्ता लिन सुझाव दिएका हुन् ।

‘उहाँ उम्मेदवारी फिर्ता लिन सकारात्मक हुनुहुन्छ । गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँसँग पनि कुरा हुन्छ’, पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्