कांग्रेसबाट पोखरा महानगरका लागि उपमेयरमा १० जनाको नाम सिफारिस



कास्की ।

आगामी स्थानीय तहको निर्वाचनका लागि पोखराको उपमेयरमा नेपाली कांग्रेस गण्डकीबाट १० जनाको नाम सिफारिस भएको छ । प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी रहनु भएको छ ।

उक्त नामहरू नेपाली काँग्रेस पोखरा महानगर समितिले पठाएकोमा नेपाली काङ्ग्रेस गण्डकीले जस्तोतस्तै केन्द्रमा पठाएको पाटीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।

त्यसै गरी महानगरले नेपाली काँग्रेसको तर्फबाट मेयरका लागि १८ जनाको नाम सिफारिस गरेको थियो तर गठबन्धन दल भित्रको समाजवादीलाई मेयर पद परेपछि उपमेयरका लागि भने कांग्रेस भित्र रस्साकस्सी शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्