स्याङ्जामा जीप दुर्घटना, एक बालकसहित ५ जनाको मृत्यु



काठमाडौं ।

स्याङजाको वालिङमा जीप दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका माथिल्लो डाँडाखर्कमा ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते ६ जनालाई उपचारका लागि पोखरा लगिएको छ । मृतक पाँचै जनाको शव भने वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ । दुर्घटनामा परेका चालक पनि घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्