भैरव स्थान मन्दिरको जीर्णोद्धार सम्पन्न 

पर्यटकीय गन्तव्यका रूपमा विकसित गरिने



पाल्पा ।

पाल्पाको प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको पाल्पा भैरवनाथ मन्दिरको जीर्णोद्धार कार्य सकिएको छ । रिब्दीकोट गाउँपालिका वडा न ४ भैरव स्थानमा रहेको भैरवनाथ मन्दिर मन्दिरको जीर्णोद्धार काम सम्पन्न भए पश्चात् देवी माईको नयाँ मूर्तिको प्राण प्रतिष्ठा २८ देखि ३० गतेसम्म देवी माईको नयाँ मूर्ति प्रतिष्ठा तथा विशेष पूजा आराधना गरी नयाँ वर्षको अवसरमा देवी माईको मूर्ति स्थापना गरिएको छ ।

भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले क्षमा पूजा गरी पञ्चेबाजा बजाई पञ्च बली सहित विशेष पूजा आराधना  गरिएको छ । मन्दिरको जीर्णोद्धार को कार्य सम्पन्न भए पश्चात् देवीको मूर्तिलाई  नयाँ वर्षको अवसर पारि स्थापना गरिएको हो । एसियाकै सबैभन्दा ठुलो त्रिशूल रहेको मन्दिरको उपनामले परिचित पाल्पा जिल्लाको ऐतिहासिक,धार्मिक स्थलको रूपमा परिचित भैरव स्थान मन्दिरमा विशेष गरी काल भैरव र देवीको पूजाआजा गरिन्छ । मन्दिरमा  काल भैरवको मूर्ति कसैले पनि हेर्न मिल्दैन भन्ने किम्बदन्ती रहेको छ ।

मन्दिरमा भैरवलाई रोट चढाउँदा आँखामा पट्टी बानेर पुजारीले रोट चढाउने गर्छन् । यद्यपि भैरवको रूप अङ्कित मूर्ति पूजाआजाको लागि निर्माण गरी राखिएको छ । मन्दिरको उद्घाटन ताम्र पत्र अनावरण गरी गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी र पूर्व  पुन निर्माण प्राधिकरणका  पूर्व प्रमुख कार्यकारी अधिकृत   सुशील ज्ञवालीले संयुक्त  रूपमा उद्घाटन गर्नु भयो  ।

कार्यक्रममा पुरातत्त्व विभागका इन्जिनियर सुन्दर श्रेष्ठले मन्दिरको जीर्णोद्धारको कार्य २०७६ असारबाट शुरू गरेर २०७८ चैतमा सम्पन्न गर्ने गरी सम्झौता गरिएकोमा  निर्माण कम्पनी धर्म एस र एस पि जे भिले सम्पन्न गरेको बताउनुभयो । भवनको कुल लागत ४ करोड ३४ लाख ६० हजार १ सय ८९ रुपैयाँमा लागतमा जीर्णोद्धार को कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि  पुन निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत  सुशील ज्ञवालीले रिब्दीकोट गाउँपालिकाका ऐतिहासिक धार्मिक स्थल भैरव स्थानको जीर्णोद्धार कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै मन्दिरको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने बताउनुभयो । परापूर्व कालमा सेन वंशीय राजाहरूको बसोबास रहेको रिब्दीकोट गाउँपालिकाको भैरव स्थान मन्दिरको छुट्टै पहिचान रहेकोले मन्दिर जिर्णद्वारका कार्यले भक्तजनहरूलाई दर्शन गर्न  सहजता सुरक्षित हुने बताउनुभयो ।  रिब्दीकोट गाउँपालिका धार्मिक,सामाजिक सास्कृतिक कला सस्कृतिले भरिपुर्ण रहेकोले पालिकाको धार्मिक स्थल एवम सास्कृतिको संरक्षण सवर्धन गरी धार्मिक पर्यटकिय गन्तव्यको रूपमा अगाडि बढाउन सकिने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले पालिकाले स्थानीय सरकार आएसँगै धार्मिक स्थिलहरूको पहिचान गरी जिर्णद्वारको कार्य सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले स्थानीय सरकार,मन्दिर व्यवस्थापन समिति र पुरातत्त्व,पुन निर्माण प्राधिकरणको विशेष पहलमा जीर्णोद्धारको कार्य सम्पन्न गर्न सफल भएको बताउनुभयो ।

सेन वंसिय राजाहरूले शासन गरेको रिब्दीकोट गाउँपालिकामा अवस्थित भैरव स्थान मन्दिरको छुट्टै ऐतिहासिक धार्मिक महोत्व रहेकोले हाल जिर्ण मन्दिरको जीर्णोद्धार कार्य सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्दिर पुरानो भएकोले हाल मन्दिरको जीर्णोद्धार को कार्य गरिएको हो । भैरव स्थान मन्दिरलाई एसियाकै सबै भन्दा ठुलो त्रिशूल रहेको मन्दिरको रूपमा चिन्ने गरिन्छ । मन्दिरमा विशेष गरी काल भैरव,माईको पूजा आराधना गर्ने गरिन्छ ।मन्दिर यस क्षेत्रमा प्रख्यात रहेको छ । मन्दिरमा पूजा गर्नका लागि धेरै जिल्लाहरूमा भक्तजनहरू आउने गर्दछन् । मन्दिरको जीर्णोद्धारसँगै यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । सँगसँगै यहाँ जिपलाइन पनि शुरु गरिएको छ । जीपलाइनको सुरुवात भएपछि थप पर्यटक भित्रिने आशा गरिएको जीप लाइनका सञ्चालक देव पचभैयाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्