पनौतीलाई विकास र समृद्ध बनाउने बोगटीको योजना



न्यूज अफ नेपाल, काभ्रे ।

स्थानीय निर्वाचनको उम्मेद्वार मनोनयन गर्ने मिति निजिकिदै छ । निर्वाचन आयोगले उम्मेद्वार दर्ताको गर्ने मिति वैशाख ११ र १२ गते तोकेको छ । राजनीतिक दलका नेताहरु उम्मेद्वार छनौटको प्रक्रियामा छन् ।यहि क्रममा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस सत्तागठबन्धनमा रहेका दलहरुसंग तालमेल गर्ने रणनीतिका साथ अगाडी बढीरहेको छ । आ-आफ्नो मतदाताको जोड घटाउ गर्दै दलीय छलफलमा रहेको काँग्रेसलाई उम्मेद्वारको टुंगो लगाउन सबैभन्दा गा¥हो परिरहेको छ । आफ्नै दल भित्र आकाक्षी उम्मेद्वारको व्यवस्थापन गर्न हम्यहम्य परेको काग्रेसलाई अन्य दलको उम्मेद्वार मिलाउन झन सकस भएको छ । चुनावको घोषणा संगै वडा तहको टोलटोल सम्म संगठन बनाएर आक्रमक ढंगले चुनाव प्रचारप्रसार र संगठन सुदृढिकरणमा लागेको काग्रेस तालमेलको कुरा संगै सुस्ताएको छ । प्रायः देशैभर अहिले काग्रेस अलमलको अवस्थामा छ । राजनीतिमा युवा र नयाँ पुस्ताको आकार्षण संगै नेतृत्व दावीमा दबाब बढीरहेको छ ।

यस्तो अवस्थामा पनि पालिका प्रमुखको आकाक्षा राख्दै अघि बढेका केहि नेता भने आफ्नो गाउ नगर विकासका खाका कोरिरहेका छन् । नेपाली काग्रेस बाट पनौती नगरपालिकाको प्रमुखको आकाक्षी प्रदिप बोगटी पनि एक हुन नगर विकासको योजना बनाउने । ‘ठुला ठुला कुरा गरेर हुदैन, गर्न सकिने साना कुरा पनि भएको छैन हाम्रो पनौतीमा’ बोगटी भन्नुहुन्छ- रसियाको सहयोगमा २०२२ सालमा बनेको खोपासिको एउटा हाइड्रो पाउवरको संरचनालाई पुर्ननिर्माण गरेमात्र पनि वार्षिक वार्षिक २० करोड रुपैयाको आर्थिक कारेवार गर्न सकिन्छ ।

पाँचसय जना नगरबासीलाई रोजगारी दिन सकिन्छ । खोपासी विधुत गृहको एउटा पोखरी छ । १६ वटा भवन छ । बनेको संरचनालाई पुर्ननिर्माण गरेर बहुआयामिक बनाउने हो । लगानी नीजि स्तरबाट स्थानीय तहमै उठ्छ । बोगटी भन्नुहुन्छ-स्थानीय बासिन्दाकै लगानीमा यहा रिसोर्ट बनाउने र पाँचसय लाई राजगारी दिने गरि रिसोर्ट खोल्ने सहितको योजना यस अघि नगर प्रमुख भीम न्यौपानेलाई दिए पनि कुनै वास्ता भएन । आफु नगर प्रमुख भएमा यसलाई प्रमुख योजनामा राखेर पनौती नगरलाई अघि बढाउने बोगटी बताउनुहुन्छ । (खोपासी पोखरीमा बनाउन लागेको रिसोर्ट भिडियोमा हेर्नुस पनौती नगर प्राकृतिक स्रोत साधनले पनि भरिपुर्ण भएको नगर हो । यहाँको प्राकृतिक स्रोतको संरक्षण र उपयोग भरपुर मात्रामा हुन सकेको छैन । यहाको ढुंगाखानीबाट मात्र नगरपालिकाले वार्षिक करिब ५० करोड रुपैया उठाउदै आएको छ । बोगटी भन्नुहुन्छ-मैले पनौती नगरभित्र रहेका खानीलाई व्यवस्थित गरेर वार्षिक एकसय करोड रुपैया संगलन गर्ने योजना बनाएको छु ।

यो सम्भव पनि छ । खानी बाट उठ्ने वार्षिक एक अर्व रुपैयाले पनौती नगरको सडक, स्वास्थ्य, शिक्षा, सिचाई लगाएत अन्य पुर्वाधार विकासमा खर्च गर्न सकिने भन्दै नगर प्रमुखका आकाक्षी बोगटीले आफ्नै नीजि खर्चमा विज्ञहरुलाई राखेर पनौती नगरको विकासको खाका कोरिरहेका छन् । ‘काग्रेस बाट पनौती नगरको म पनि प्रमुख दाबेदार हुँ, टिकट कस्ले पाउछ थाहा छैन, तर मैले कोरेको विकासको योजना पनौती नगरको नेतृत्व लिने सबैलाई काम लाग्छ’ बोगटी भन्नुहुन्छ— नगरमा रहेको खानेपानीको समस्या समाधान र प्राकृतिक स्रोतको रुपमा रहेकोपनौती नगरको अर्को प्रमुख समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन हो । बनेपा र धुलिखेल नगरबाट आउने फोहोर पुण्यमाता खोला हुदै पनौती आउछ ।

यसमा पनौती, बनेपा र धुलिखेल तीन वटै नगरपालिकाले गुरु योजना बनाएर अघि बढ्नु पर्छ । फोहोर व्यवस्थापन र पुण्यमाता खोला सफाईको लागि पनि विज्ञ समुहलाई योजना र गुरु योजना बनाउन लगाइरहेका बोगटीले आफु पनौती नगरको प्रमुखमा निर्वाचित भए कार्यान्वयनमा ल्याउने भन्दै सिचाईको सुविधासहित पुण्यमाता खोला सफा गरेर देखाउने दाबी गर्नुहुन्छ । पनौती नगरको मात्र हैन छिमेकी नगरका बासिन्दाको समेत चासोको विषय बनेको त्रीवेणी घाटको सरसफाई र व्यवस्थापनमा पनि पनौती नगरले विशेष ध्यान दिएर अघि बढ्नु पर्ने जरुरी रहेको बोगटी बताउनु हुन्छ । नगरको मेयर मालिक हैन नोकर हो भन्ने भावनाले काम गरे पाच वर्षमा पनौतीको मुहार फेर्न सकिने भन्दै बोगटीले एतिहासिक नगरको रुपमा रहेको पनौतीमा पर्यटनको विकासबाट मात्र वार्षिक करोडौ रुपैयाको आर्थिक गतिविधि बढाउन सकिने बताएका छन् ।

पनौती नगरको अर्को समस्याको रुपमा रहेको वसपार्क व्यवस्थापन तीन महिना भित्र गर्न सकिने भए पनि वर्तमान जनप्रतिनिधिको वेवास्थाले लथालिङ्ग भएको बताउने बोगटी युरोपियन मापदण्डको पार्किङ्क सहित पनौती बजारको व्यवस्थापन गर्न सकिने बताउनु हुन्छ । पनौतीको अर्को समस्याको रुपमा रहेको बसाईसराई रोक्नलाई छिटो भन्दा छिटो सबै सवा सुविधा गाउमै पु-याउनु पर्ने भन्दै उहाले गाउले गरिबी भन्दा शहरी गरिबी अझ भयाभह हुने कुरालाई ध्यानमा राखेर योजना ल्याउने बताउने बोगटी नेपाली काग्रेसमा २०५४ साल देखि सक्रिय भएका युवा हुन । काग्रेसका शीर्ष नेताहरु बालकृष्ण खाण, शंखर भण्डारी, रामकृष्ण राय लगाए निर्देशनमा बसेर साजनीति काग्रेस राजनीति शुरु गरेका बोगटी केहि वर्ष भने आफ्नै व्यवसायमा सक्रिय रहे । पछिल्लो एक दशक देखि पनौती नगरको विकसमा जग हाल्न विभिन्न सार्वजनीक काम गर्दै आएका बोगटीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आफुलाई बलियो दाबेदारको रुपमा उपस्थिति जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्