वीरगन्ज महानगरपालिकामा महाभिडन्तको तयारी



वीरगन्ज   ।

वीरगन्ज मधेश प्रदेशको एक मात्र महानगरपालिका हो । आर्थिक रुपमा सवल रहेको भनिएको वीरगन्ज महानगरपालिकामा राजनीतिक सरगर्मी पनि बेला बेलामा बढ्ने गर्दछ । जब चुनाव आउछ तब यहाँको राजनीतिक माहौल तातिने गर्दछ । त्यसो त मधेश आन्दोलनको समयमा वीरगन्जले आन्दोलनको नेतृत्व नै लिएको थियो भन्दा पनि फरक पर्दैन । जसका कारण पनि वीरगन्ज महानगरपालिकामा त्यत्तिबेलाको संघीय समाजवादी फोरमले सत्ता कब्जा गर्न सफल भयो ।

त्यो पार्टीबाट वीरगन्जमा मेयर बिजय सरावगी उठुनुभयो र काँग्रेसलाई पराजित गर्दै उहँ वीरगन्जको मेयरको बिराशतमा पुग्नुभयो । उहाँले हाँकेको सत्ता पनि अब अन्त्यअन्तयतिर पुग्दैछ । तर बिजय सरावगी फेरि मेयर पदकै उम्मेदवार बन्ने निश्चित छ तर यसपालीको चुनावमा भने फरक पार्टीबाट उहाँले नगर प्रमुखमा उम्मेदवारी दिँदै हुनुहुन्छ । हालै नेकपा एमालेमा प्रवेश गरेका सरावगीलाई एमालले वीरगन्जको मेयरमा उठाउने निर्णय गरेको छ । सरावगीको पाँच बर्षे कार्यकाल र उहाँ उधोगी घरानाका ब्यक्ति भएकाले चुनावमा उहाँको मत रहेको एक थरीको भनाइ छ यद्यपी अघिल्लो स्थानीय चुनावमा एमालेको मत भने थोरै थियो र एमालेमा उम्मेदवार बसरुद्धिन अंसारी पाँचौं नम्बरमा हुनुहुन्थ्यो ।

कति संभव गठबन्धन:

साँगठनिक हिसावले बलियो भनिएको नेपाली काँग्र्रेसले पर्सा र वीरगन्ज महानगरपालिकामा गठबन्धन नगर्ने बताएको छ । पत्रकार सम्मेलनको आयोजना गरेर नै महानगरपालिमामा आफूहरु बलियो रहेकाले गठबन्धन अस्वीकार गरेको बताएका छ । काँग्रेसका पर्साका नेता समेत रहेका रमेश रिजालले वीरगन्ज्मा गठबन्धन नहुने बताउनुभयो । उहाँ सभापति शेर बहादुर देउवा निकटकै मानिनुपनि हुन्छ । काँग्रेसले गठबन्धन नगर्ने बताएपनि उसले उम्मेदवारको टुंगो लगाएको छैन तर अघिल्लो चुनावमा उठेका अजय द्धिवेदी लगायत काँग्रेसका केही पुराना नेताहरुको नाम सिफारिस गर्ने संभावना रहेको छ । तर वीरगन्जको काँग्रेसीमा अन्तरघातको समस्या रहेकाले गठबन्धनहिना जीतको संभावना धेरै कम रहेको काँग्रेसका नेताहरुले नै बताएका छन् ।

काँग्रेस अघिल्लो चुनावको प्रतिस्पर्धी हो । जसपाबाट अघिल्लो चुनावमा तत्कालिन राजपाका उम्मेदवार राजेशमान सिंह यस पटक उठ्दैहुनुहुन्छ । केही महिना अगाडि एमालेमा र लगत्तै जसपामा प्रवेश गरेका सिंहलाई जसपाले वीरगन्जको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उहाँ अघिल्लो चुनावमा तेश्रो बन्न सफल हुनु भएको थियो भने माओवादी केन्द्र र नेकपा समाजवादीको संगठनको अवस्था वीरगन्जमा कमजोर छ ।

यी दुईकाबीचमा समेत गठबन्धन स्थानीय स्तरमा संभावना कम छ । यद्यपी माओवादीमा आन्तरिक विवाद भएकाले उम्मेदवारको टुंगो छैन भने नेकपा एसमा समस्या नरहेको नेताहरु बताउछन् । माओवादीको तर्फबाट महानगरमा उठेका रहबर अंसारी चौंथो हुनु भएको थियो तर पार्टीको टिकटै बिषयमा विवाद भएपछि माअ‍ोवादी केन्द्र पर्साले रहबरलाई पार्टीबाट निश्काशन गरेको जनाएको छ । यसरी हेर्दा ३० गते हुने चुनावमा वीरगन्ज महानगरमा काँग्रेस ,एमाले र जसपाबीचमा भने बढी प्रतिस्प्रर्धा हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्