कुलमान घिसिङसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण



काठमाडौं ।

नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । केही दिन अघि घिसिङको फोटोसहित नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव प्रचार सामग्री बनाएको थियो ।

उक्त प्रचार सामग्रीबाट माओवादी केन्द्रले पछि घिसिङको फोटो हटाएको थियो । घिसिङलाई सोही विषयमा आयोगले स्पष्टीकरण सोधेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्