उम्मेदवार टुंगो लगाउन कांग्रेसले सबै प्रदेशमा सह महामन्त्री खटाउने



काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात वटै प्रदेशमा पठाउने निर्णय गरेको छ । आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो ।

उनीहरूलाई प्रदेशमा उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ । प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ ।

वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्