एनबीएल आगामी वर्ष जेठमा हुने



काठमाडौं। 

नेपाल बास्केटबल लिग (एनबीएल) को तेस्रो संस्करण आगामी वर्ष जेठमा हुने आयोजक नेपाल बास्केटबल लिग प्रालिले जनाएको छ । पत्रकार सम्मेलनमा जनाएअनुसार पुरुष बास्केटबल लिग जेठ ७ गतेदेखि र महिला बास्केटबल लिग जेठ १८ गतेदेखि आयोजना हुनेछ । दुबै विधाका प्लेअफ खेल असार ३२ देखि शुरु हुने र फाइनल साउन ७ गते हुनेछ ।

लिगमा पुरुषतर्फ टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबको सहभागिता हुने तय भइसकेको छ । महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसए नेपाल र कीर्तिपुर बास्केटबल क्लबले सहभागि जनाउनेछन् ।

दुबै महिला र पुरुष लिगतर्फ होम एन्ड अवे खेल खेलाइनेछ । दुई चरणको लिगपछि शीर्ष चार हुने टिमले प्लेअफमा स्थान बनाउनेछन् । पहिलो अफमा पहिलो र दोस्रो हुने टिमले बेस्ट अफ थ्रीका आधारमा पहिलो क्वालिफायर खेल्नेछ । यसमा जित्ने टिम सीधै फाइनलमा पुग्नेछ । यसमा हार्ने टिमले तेस्रो र चौथो हुने टिमबीचको खेलको विजेता टिमसँग खेल्नेछ ।

जसमा जित्ने टिम फाइनलमा पुग्नेछ ।पुरुषतर्फ विजेता हुने टिमले २ लाख नगद प्राप्त गर्नेछ भने महिलातर्फ विजेता हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने टिमले पुरुष र महिलातर्फ क्रमशः १ लाख र ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि अस्टे«लियाको साउदर्न क्रस युनिभर्सिटीले डेढ लाख, एस्ट्रल स्किल्स इन्स्टिच्युट अफ अस्टे«लियाले एक लाख र एप्स्ली कलेजले एक लाख प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्