सेयर बजारका बारेमा चेतना फैलाउँदै नबिल इन्भेस्टमेन्ट

0
Shares

काठमाडौं ।

नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्रसम्बन्धी नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनमा भएको व्यवस्था बारेमा जानकारी दिन सुदूर पश्चिम प्रदेशको धनगढीमा सञ्चालन गरयो ।

हालसम्म प्रदेश नम्बर ४ र सुदूरपश्चिम प्रदेशमा सञ्चालन नगरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशका सातै प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका इन्भेस्टमेन्ट बैंकिङ विभाग प्रमुख विकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाइदाहरू र मर्चेन्ट बैंकरहरूले प्रदान गर्ने सेवाको बारेमा प्रकाश पार्नुभएको थियो ।

स्थापनाकालको १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकलाई दक्ष तथा अनुभवी कर्मचारीहरूसहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।५० लाखभन्दा बढी डिम्याट खाता खुलिसकेको नेपालको धितोपत्र बजारमा २६ लाखभन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ ।

यस्तो अवस्थामा धितोपत्र बजारसम्बन्धी यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाइदा तथा यसबाट हुने जोखिमको बारेमा जानकारी दिनु नै कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।