नेप्सेले माग्यो सूचीकृत कम्पनीको नाम



काठमाडौं (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीको विभिन्न ३० भन्दा बढी विवरणहरू माग गरेको छ । नेप्सेले कम्पनीको वर्गीकरणको लागि विवरण माग गरेको हो । नेप्सेले फागुन २३ गते विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीहरूको वर्गीकरणको लागि सबै कम्पनीसँग विवरण माग गरेको हो । विवरण प्राप्त भएपछि नेप्सेले कम्पनीहरूलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ वर्गमा वर्गीकरण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्