नेस्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने



काठमाडौं (नेस) ।

नेस्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

लघुवित्तले निष्कासन गर्ने आईपीओमध्ये ० दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले सेयर निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्