रेखा थापाले गरिन् बिहे !



काठमाडौं ।

अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । हाल अमेरिकामा बस्दै आएका जाजरकाेटका बलराम शाहीसँग उनले केही दिन अघि नै ‘कोर्ट म्यारिज’ गरेको बताइएको छ ।

अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । रेखा र शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए । रेखाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनको उक्त वैवाहिक सम्बन्ध विच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्