धान चाेरेको आरोपमा एक जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौं । 

बर्दियामा धान चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । गत माघ १२ गते राति राजापुर नगरपालिका-८ धोबिनपुरस्थित प्रतिमा सप्लायर्सबाट ३ क्विन्टल ८८ किलो धान चारेको आरोपमा वडा नं ९ का खुशीराम चौधरी बुधबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय राजापुरले नियमित अनुसन्धान तथा खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । हाल उनीमाथि थप अनुसन्धान भइरहेको पनि प्रनानि शाहीले बताए।