दुर्लभ बन्यजन्तु सालकसहित एक जना पक्राउ


न्युज अफ नेपाल, कैलाली ।

प्रहरीले दुर्लभ बन्यजन्तु सालकसहित एक जनालाई कैलालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने जनक चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले  दुर्लभ वन्यजन्तु  सालक लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त जीवित सालकसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त सालकसहित आवश्यक अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय लम्की पठाइएको छ ।