न्युज अफ नेपाल, सर्लाही ।
सर्लाहीमा शीतलहर र जाडोको कारण आगो ताप्ने क्रममा एक गर्भवती महिला जलेर घाईते भएकी छन् । घाईते हुनेमा सर्लाहीको विष्णु गाउँपालिका–७ का प्रतिमा देवी राय आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी हुन् । परालको आगो ताप्ने क्रममा उनको शरीरमा गए राति आगो लागेको थियो ।
उनको कम्मरभन्दा मुनि दुवै खुट्टा जलेकाे छ । उनकाे जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया