गाउँका खाद्य डिपोमा शून्य मौज्दात,सदरमुकामका खाद्यान्न गोदाम रित्तिँदै



बीर बहादुर बम,मुगु । 
हिमाली जिल्ला मुगुका सोरू ,रातपान , पुलु डिपोमा खाद्य मौज्दात शून्य अवस्थामा छ भने सदरमुकाम गमगढीको खाद्यान्न गोदाम  समेत रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्न अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् ।
गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका शाखा प्रमुख पुस्कर भामले बताए सदरमुकाम गमगढीबाट हाल दुई प्रकारका चामल बिक्री भइरहेका छन् । जसमा जिरा मसिनो चामल र बास्मती चामल। कार्यालयका अनुसार २ सय किलो दाल मात्रै गोदाममा मौज्दात छ । २ सय  क्विन्टल चामल बिक्री भइरहेको छ यो चामल पनि केही दिनमै सकिने प्रमुख भामको चिन्ता छ  ।
जिल्लामा रहेका अन्य डिपो र बिक्री केन्द्र ६ महिनाभन्दा अघिदेखि रित्तिइसकेका छन् । जिल्लामा खाद्यान्न अभाव हुने सिर्जना भएकाले शाखा कार्यालय मुगुबाट प्रादेशिक कार्यालय सुर्खेत नेपालगन्ज, राजापुर, प्रधान कार्यालय काठमाडाै‌, खड्का निर्माण सेवा र बराल ढुवानी सेवालाई सदरमुकाम गमगढी बजार र यस कार्यालय मातहत रहेका डिपो र बिक्री केन्द्रहरूमा यथाशीघ्र चामल ढुवानी गर्न पटक पटक पत्र काट्दा समेत कुनै सुनुवाइ नगरेको शाखा प्रमुख भामको भनाइ छ ।
मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको छ त्यसमा २ हजार क्विन्टल पुगिसकी बिक्री भई अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उनले बताए ।  हाल सोरुकोट डिपो केन्द्रमा १ सय ८०  क्विन्टल चामल रहेको र त्यो चामल  पनि केही दिनसम्म मात्र हुने र अन्य श्रीकोट , पुलु , डिपो केन्द्र र बिक्री केन्द्रहरु रित्तै भएको भामको भनाइ छ ।यश वर्ष बढता गत वर्ष भन्दा बढी पानी परेपछि गत बर्ष भन्दा यो वर्ष घरमा भित्र्याउन लागेको अन्नबाली नोक्सान भय पछि गाउँमा समेत भोकमरीको सङ्केत देखिन थालेको छ।
उता सहुलियत दरको चामल कहिले  पुग्छ भन्दा केही समय लाग्ने  खाद्य शाखा मुगुका कर्मचारीले प्रति उत्तर दिने गरेको चामल कोलागि सदरमुकाम गमगढि पुगेका सोरु ९ का ताराचन्द्र चौलागाई बताउँ छन् ।गाउँमा भोकमरीको अबस्था सृजना हुने भयले मुगुका कालै,धैनकोट,हयागलु,पुरुमुरु ,भिई,जिमा र खमाले लगायतका दर्जनै बस्तीबाट सर्वसाधारण घर छाडेर पेट पाल्न कामको खोजिमा भारत ,काठमाडौँ ,सुर्खेत लगायतका सहरी क्षेत्रमा परिवार लिएर गएको आफ्नो ५ जनाको  परिपार लिएर भारतको ऊत्तराञचलमा लेबर काम गरेर पेट पाल्ने काम गरेको सोरू गाउँपालिकाका रूप बहादुर बम बताउ छन् ।
गाउँमा सरकारी अनुदानको चामल गाउँसम्म नपुग्ने पुगे पनि ठुलाबडाले एकै पटक किनेर बहुमूल्यमा बिक्री गर्ने गरो सधैँ महँगोमा चामल किन्नु परने सम्पया र यस वर्ष अधिक वर्षाले अन्नबाली सखाप पारेपछि भोकमरीको पिरलोले कोभिड महामारी भन्दा भोकमरीको महामारीले सखाप पार्ने भयपछि बूढाबूढीलाई घरमा छाडि आफ्नो ३ जनाको परिवार बिहान देखि बेलुका सम्म काठमाडौँ को थानकोट मा लेबर काम गरेर।दुखका साथ परिवार पाल्नु परेको पीडा सोरू गापाफ८ कि रत्न रूपा साहीको छ। माथिका उल्लेख खित पात्र प्रतिनिधि मूलक घटना मात्र हुन यस्तै कोभिड महामारी भन्दा ६ मिना सम्म पनि सरकारी अनुदानको चामल उपलब्ध नगराउने सरकार प्रति विश्वास नभएको भन्दै मुगुका सोरू , खत्याड र मुगुम कार्मारोग गाउँपालिका हजारै परिवार चामलको जोहका लागि घर छोडन बाध्य भयका छन् ।

प्रतिक्रिया दिनुहोस्