नेप्से पुनः लयमा फर्कंदै



काठमाडौं, (नेस) ।

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि ३२ अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३२ दशमलव ०३ अंकले वृद्धि भई दुई हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकक ५दशमलव ८६ अंकले बढेर ४८७ दशमलव ८७ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये सोमबार उत्पादन उपसमूह बाहेक अरू सबै उपसमूहको सेयर उकालो लागेको छ । उत्पादन २ दशमलव २६ अंकले ओरालो लाग्दा बैंकिङ २५ दशमलव४०, विकास बैंक ७३ दशमलव २८, वित्त ४२ दशमलव८१, होटल तथा पर्यटन २३ दशमलव३८, जलविद्युत् १० दशमलव ११, लगानी १ दशमव४८, जीवन बिमा ९३ दशमलव ८८, लघुवित्त १४५ दशमलव १५, सामूहिक लगानी कोष ० दशमलव १८, निर्जीवन बिमा ६१ दशमलव ३८, अन्य ३ दशमलव २९ र व्यापार १८६ दशमलव ५४ अंकले वृद्धि भएको छ । कारोबारका आधारमा सोमबार हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको २८ करोड ४४ लाख ७० हजार ५७० बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी १८ करोड २९ लाख ९३ हजार ६५६, शिवम् सिमेन्ट १६ करोड २६ लाख ५२ हजार ९३१, नबिल बैंक १४ करोड ९३ लाख ६३ हजार २८२ र नेपाल बंगलादेश बैंक १२ करोड ४८ लाख ९४ हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।
नेप्सेका अनुसार मध्य भोटेकोशी १०, गुराँस लघुवित्त ९ दशमलव ४५, एनआइसी एसिया लघुवित्त ८दशमलव ३८, साल्ट टे«डिङ कर्पोरेसन ८ दशमलव १४ र फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ७ दशमलव ८३ प्रतिशतले कमाएका छन । यस्तै, रुरु जलविद्युत् परियोजना २ दशमलव ५९, नेपाल बंगलादेश बैंक २ दशमलव ४५, कालिका पावर कम्पनी २ दशमलव ३२, लुम्बिनी जनरल इन्स्योरेन्स २ दशमलव १२ र युनाइटेड इन्स्योरेन्सका लगानीकिर्ताले २ दशमलव ०३ प्रतिशतले गुमाएका छन् । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ९६ अर्ब ५८ करोड ३९ लाख ८१ हजार २३ बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्