डबल सर्किट लागेको साता लगानीकर्ताको एक खर्ब गुम्यो

0
Shares

काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता २ दशमलव ९९ प्रतिशतले घटेर २३७६ दशमलव ७४ विन्दुमा झरेको छ । को छ । गत साता २४४९ दशमलव ९७ बिन्दुमा रहेको नेप्से परिसूचक ७३ दशमलव २३ अंक तलले घटेको हो ।

यो साता नेप्सेमा सूचीकृत कम्पनीहरुको समग्र बजार पुँजीकरण १ खर्ब २ अर्ब ८१ करोड ४४ लाख रुपियाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख रहेको कुल बजार पुँजीकरण यो साता ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाखमा झरेको छ ।

पहिलो कारोबार दिन ८८ दशमलव ७३ अंक र दोस्रो दिन ७९ दशमलव ५७ अंक घटेको बजार तेस्रो कारोबार दिन भने ६ प्रतिशत अर्थात् १३७ दशमलव १८ अंकले बढेर दोहोरो सर्किट लागेको थियो ।

तर, चौथो दिन ४ दशमलव २३ अंकले घटेर बन्द भएको थियो । त्यस्तै साताको अन्तिम कारोबार दिन ३७ दशमलव ८७ अंकले घटेको थियो ।

कारोबार रकम पनि गत साताभन्दा ९८ करोड ७७ लाख ६७ हजारले घटेको छ । गत साता १७ अर्ब ९ करोड ८६ लाख ७० हजार बराबरको शेयर कारोबार भएकोमा यो साता १६ अर्ब ११ करोड ९ लाख ३ हजार रुपियाँको शेयर कारोबार भएको थियो । कारोबार रकमसँगै यो साता ३० लाख २२ हजार ९५ कित्ता कम शेयर कारोबार भएको छ ।