शेयर बजारमा छलाङ



काठमाडौं, (नेस) ।

घटिरहेको शेयर बजारमा मंगलबार पुनर्जीवन पाएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेपछि शेयर बजारले पुनर्जीवन पाएको हो ।

मंगलबार कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले बढेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । पुनः कारोबार शुरू भएको बजार निरन्तर बढेर ६ दशमल शून्य १ प्रतिशतले नेप्से बढेकाले मंगलबार अर्को सर्किट लाग्दै त्यस दिनका लागि कारोबार बन्द भएको हो । नेप्सेले कारोबार अवधिभर ६ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने गरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ । कारोबार खुलेको पहिलो घण्टाभित्रै चार प्रतिशत र दोस्रो घण्टाभित्र पा“च प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ । त्यसपछि पनि छ प्रतिशतले बजार बढेमा बा“की समयको कारोबार बन्द गर्ने व्यवस्था छ ।

मंगलबार कारोबार शुरू भएको एक घण्टा ३८ मिनेट अर्थात १२ अर्थात ३८ मा नेप्सेको सूचक ११४ दशमलव २५ अंक अर्थात पा“च दशमलव शून्य १ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो । मंगलबार कारोबार बन्द हुनु अगाडि नेप्से १३७ दशमलव १८ अंकले बढेर २४१८ दशमलव ८४ बिन्दुमा पुगेको छ । यसअवधिमा २२० कम्पनीको १ अर्ब ८४ करोड रुपिया“भन्दा बढीको शेयर कारोबार भएको छ । सबै समूहको सूचक बढेको दिन ४३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस्तै अरु २७ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्