न्युज अफ नेपाल, काठमाडौं ।
साताको चौथो कारोबार दिन बुधवार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५३ दशमलव १० अंकले घटेर २४५५ दशमलव ८१ विन्दुमा झरेको छ । यो २०७८ साल यताकै न्यून बिन्दु हो ।
२०७७ चैत ४ गते नेप्से २४३१ अंकमा थियो । कुल २२६ वटा कम्पनीको ६५ लाख ६० हजार कित्ता शेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार रुपियाँमा किनबेच भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेका छन् ।
कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । उक्त कम्पनीको ११ करोड ८८ लाख १५ हजारको शेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया