कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस

0
Shares

कर्णाली।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांगे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गर्नुभएको छ । नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उहाँले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

प्रदेशसभा हाल ३५ सदस्यीय छ । बहुमतका लागि १८ सदस्य आवश्यक पर्छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बेलुका ७ः३० बजे संविधानको धारा १६८ ९२० बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २४ घण्टाभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

सोही बमोजिम शाहीले मुख्यमन्त्रीमा आज दाबी पेश गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण आज राति साढे ८ बजे गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरेपनि अरु मन्त्रीले भने एक÷दुई दिनमा शपथ ग्रहण गर्ने बताइएको छ ।