दश बुँदा देखाउँदै एमालेमा बसेका साथीहरुको हरिबिजोग भयो : माधव नेपाल



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा दश बुँदे भन्नेहरुको हरिबिजोग भएका बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । यस्तै अध्यक्ष नेपालले एमालेमा केपी ओलीको आदेश पालना गर्नेहरुले मात्र स्थान पाउने र बाँकीलाई खेद्ने गरेको पनि दाबी गरे ।

‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ,’ उनले भने, ‘आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’

अध्यक्ष नेपालले एमालेमा नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलफल नगर्ने शैली हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्