अमेरिकी पुर्व विदेशमन्त्री पावेलको कोभिडबाट निधन



वासिंगटन, एजेन्सी ।

अमेरिकी पुर्व विदेशमन्त्री कोलिन पावलको ८४ वर्षको उमेरमा कोभिड १९ संक्रमणको कारण निधन भएको उनको पारिवारीक सुत्रले आइतवार जनाएको छ । राजनीतिक क्षेत्रमा आउनु अघि उनी पुर्व उच्च पदस्थ सैनिक अधिकारी थिए ।

रिपब्लिकन जर्ज डब्ल्यु बुसको कार्यकालमा सन् २००१ मा उनी पहिलो अफ्रिकी – अमेरिकी विदेश मन्त्री बनेका थिए ।उनको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘ हामीले एक प्रिय पति , पिता , हजुरबुबा र एक महान अमेरिकी नागरिक गुमाएका छौं । उनको उपचारमा संलग्न चिकित्सक टोलिलाई हामी धन्यवाद दिन चाहन्छौं ।

उनले कोरोना विरुद्धको दुवै डोज खोप लिएको बताइएको छ । नरमपन्थि रिपब्लिकन पावेलले सन् २००८ मा बाराक ओवामालाई समर्थन गर्न पार्टी छाडेका थिए । उनी थुप्रै प्रभाबशाली अमेरिकी राजनेताका विश्वासिलो सैनिक सल्लाहकारको भुमिका निभाएका थिए । उनी सैनिक सेवाको क्रममा भियतनाम युद्धमा घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्