माओवादी केन्द्रले टुंगो लगायो ४ मन्त्री, कसलाई कुन मन्त्रालय ?



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् ।

पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् । मन्त्री टुंगो लगाए पनि कुन–कुन मन्त्रालय भन्ने टुंगो लागि नसकेको नेता देवेन्द्र पौडेलले न्युज अफ नेपाललाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्