कम्युनिष्ट आन्दोलन भत्काउन खोजेकाले आफूहरु पार्टीमा विद्रोह गरेको हो : उपाध्यक्ष पाण्डे


पाल्पा ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले केपी शर्मा ओलीको बालुवाटारको शासन अन्त्य भएपछि बालकोटको खोपीमा पस्नुपर्ने बाध्यता आफ्नै कारण सिर्जना भएको आरोप लगाउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) पाल्पाका अगुवा कार्यकर्ता भेलामा उहाँले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजेकाले आफूहरुले पार्टीमा विद्रोह गरेको स्पष्ट पार्नुभयो ।

उहाँले पार्टी फुटेको नभई नेकपा एमालेमा विद्रोह गरिएको उल्लेख गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे र राजेन्द्रलक्ष्मी गैरेले ओलीले आफूलाई प्रधानमन्त्री हुँदा पार्टीमा काम गर्न नदिएको भनी भ्रम सिर्जना गर्ने काम गलत भएको र ओली समूहले गुटगत व्यवहार गरी सक्षम कार्यकर्तालाई अलग्याएको आरोप लगाउनुभयो ।

एकीकृत समाजवादीले युवा, विद्यार्थीको सङ्गठन विस्तार गरेको जनाएको छ । पार्टीका प्रशिक्षण कार्यक्रम सञ्चालनपछि सङ्गठन विस्तारका काम अगाडि बढाउने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।