काठमाडौंमा थप १६४ जनामा कोरोना संक्रमण पुष्टि, २,४४३ सक्रिय संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिललो २४ घण्टामा काठमाडौंमा थप १६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २६ जना र ललितपुरमा ६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौं उपत्यकमा २५५ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल काठमाडौंमा २४४३, भक्तपुरमा ८०० र ललितपुरमा ९७४ सक्रिय संक्रमित छन्।

शनिबार थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्