पूर्वमाओवादीहरु मिल्नुको विकल्प छैन : प्रचण्ड



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी मिल्नुको विकल्प नरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले देशको हिरो माओवादी नै भएको   दाबी गरे । उनले भने, ‘फेरि पनि देशको हिरो माओवादी नै रहेछ भन्ने भएको छ, प्रचण्ड नै रहेछ भन्ने लागेको छ ।’ वैद्यदेखि गोपाल किराँतीसम्मका नेताहरूसँग आपसमा छलफल तथा संवाद भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्