लमजुङमा पौडेल पक्ष बलियो, राइनासमा मतपत्र विवादका कारण चुनाव स्थगित



शिक्षा पन्त, लमजुङ ।

नेपाली कांगेसको १४ औं महाधिवेशन अन्तर्गत भएका नगर तथा गाउँ अधिवेशनमा संस्थापन इतर समुह बलियो देखिएको छ । नतिजा सार्वजानिक भएका ७ पालिकामध्ये ६ वटामा संस्थापन इतर समुहले जित निकालेको छ । मतपत्रमा भएको त्रुटिका कारण स्थगित भएको राइनास नगरपालिकामा पनि संस्थापन इतर समुहकै हावी भएको प्रारम्भिक मत सर्वेक्षणले देखाएको छ । शनिबार लमजुङका ८ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा चुनाव भएको छ । चुनावी प्रक्रियामार्फत नेतृत्व चयन गरिएका छन् । आठ स्थानीय तह अन्तर्गत ४ वटा गाउँपालिकामा निर्बिरोध भएको छ । लमजुङको राइनास नगरपालिकामा भने मतपत्रमा त्रुटी भेटिएपछि मतदान स्थगित भएको हो ।

बेसीशहर नगरपालिकामा संस्थापन इतर समुहका शरणहरि जोशीले १ सय ५ मत ल्याएर सभापतिमा निर्वाचित हुनुभएको छ । प्रतिद्धन्द्धि संस्थापन पक्षका सुरेशबाबु पाण्डेले ८० मत ल्याउनुभएको छ । सुन्दरबजार नगरपालिकामा संस्थापन इतर समुहका संस्थापन इतर समुहका दुई तिहाइको मतान्तरमा जित निकालेका छन् । सेढाइँले १ सय ६४ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी दामोदर अधिकारीले जम्मा ५३ मत ल्याउनुभएको छ । मध्यनेपाल नगरापलिका संस्थापन इतर समुहका वसन्तराज घिमिरे ९९ मतले सभापतिमा विजयी हुनुभएको छ ।

प्रतिद्धन्द्धी संस्थापन पक्षका रामचन्द्र भण्डारीले ७९ मत ल्याउनुभएको छ । त्यस्तै संस्थापन इतर समुहका क्व्होलासोंथर गाउँपालिकामा पसबहादुर गुरुङ सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थापन इतर समुहकै दूधपोखरी गाउँपालिकाको सभापतिमा मेघराज गुरुङ सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको छ । मस्र्याङ्दी गाउँपालिकामा पनि संस्थापन इतर समुह अन्तर्गत नै कृष्णबहादुर गुरुङको सभापतित्वमा कार्य समिति गठन भएको छ । दोर्दी गाउँपालिकामा भने सभापतिमा संस्थापन पक्षका विच्छबहादुर घले सर्वसम्मत हुनुभएको छ । ४ वटै गाउँपालिकामा सहमतिबाट सभापति सहितको कार्य समिति चयन गरिएको नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्