नेप्सेमा झिनो सुधार



काठमाडौं, (नेस) ।

अघिल्लो दिन उच्च अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार झिनो अंकले सुधार भएको छ । यस दिन नेप्से शून्य दशमलव २७ अंकलेवृद्धि भई २९४७ दशमलव ६९ बिन्दुमा पुगेको छ । यस दिन कुल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार कित्ता शेयर ९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख रुपियाँ पुगेको छ ।

यस दिन नेप्सेमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै युनाइटेड इदी मर्दी हाइड्रोपावर र एनआरएन इन्फ्रस्ट्रक्चरका लगानीकर्ताले पनि कमाएका छन् । तर, कालिका पावर कम्पनी, रैराङ हाइड्रोपावर, ग्रिनलाइफ इन्स्योरेन्स, युनिभर्सल पावर र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले भने गुमाएका छन् ।

सोमबार कारोबार भएका १३ समूहमध्ये सात समूहको सूचक वृद्धि भएको छ भने बाँकी समूहको सूचक घटेको छ । जसमध्ये बैंकिङ १६ दशमलव ८१, व्यापार २९ दशमलव ५३, होटल तथा पर्यटन ४ दशमलव१३, विकास बैंक ४ दशमलव ३५, वित्त २ दशमलव ५, निर्जीवन बीमा १९८ दशमलव ८६ र जीवन बीमा समूह ८५ दशमलव ८४ अंकले बढेको छ । यस्तै जलविद्युत् ९० दशमलव ५६, उत्पादन ९३ दशमलव ८, अन्य ८ दशमलव १७, लघुवित्त ३१ द्यशमलव शून्य ४, सामूहिक लगानी कोष शून्य दशमलव शून्य २ र लगानी शून्य दशमलव ६४ अंकले घटेका छन् ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड ९३ लाख ५० हजारको कारोबार भएको छ । त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरको ४७ करोड ५७ लाख ७४ हजार, नेसनल हाइड्रोपावरको ३४ करोड ३० लाख १५ हजार, नबिल बैंकको ३० करोड ७३ लाख ५६ हजार र अपि पावरको २८ करोड ३५ करोड ५४ हजार रुपियाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्