नेप्सेमा फेरि गिरावट



काठमाडौं, (नेस) ।

नागबेली चालमा रहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मंगलबार पुनः ओरालो लागेको छ । साताको पहिलो दिन उच्च अंकले घटेको नेप्सेमा सोमबार ‘बाउन्स ब्याक’ हुँदै डेढ सयभन्दा बढी अंकले बढेको थियो । तर, मंगलबार फेरि ४४ दशमलव १८ अंकले ओरालो लागेर २९३६ दशमलव ६० बिन्दुमा ओर्लेको छ । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य घटेको छ । कुल २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार कित्ता शेयर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै बजार पुँजीकरण ४१ खर्ब ९ अर्ब ७६ करोड ३ लाख रुपियाँ पुगेको छ ।

यस दिन कारोबार भएका १३ वटा समूहमध्ये दुई समूहको सूचक बढे पनि बाँकी सबै समूहको सूचक घटेको छ । मंगलबार अन्य समूह र सामूहिक लगानी कोष बढेका छन् । कारोबार रकमका आधारमा युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार रुपियाँ कारोबार भएको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको ३८ करोड ४२ लाख ८७ हजार, अपि पावर कम्पनीको १९ करोड १२ लाख २१ हजार, ज्योति विकास बैंकको १७ करोड ५७ लाख ८८ हजार र रिडी हाइड्रोपावर कम्पनीको १६ करोड चार लाख ९७ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

मंगलबार सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै युनाइटेड मोदी हाइड्रोपावर, एचआईडीसीएल, युनिलिभर नेपाल र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कामाएका छन् । तर, आरएमडीसी, रुरु जलविद्युत् परियोजना, प्रोगेसिभ फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्