काठमाडौंमा थप ४१३ जनामा कोरोना संक्रमण पुष्टि

714
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ४१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै आज काठमाडौं उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १६६४ नयाँ संक्रमित थपिएका छन् भने १७८६ जना संक्रमणमुक्त भएका छन् ।