स्याङ्जाका डिएसपीलाई ‘उत्कृष्ट प्रहरी’ सम्मान

1.4k
Shares

अमृत अर्याल, स्याङ्जा ।

एक बर्ष अगाडीदेखी नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई सम्मान गर्न थालिएको थियो । समाजमा शान्ति सुरक्षा र अमनचयन राख्न खेलेको भुमिकाको आधारमा हरेक महिना र बर्षमा उत्कृष्ट प्रहरी पुरस्कृत गर्ने अभियान शुरु भएको हो ।

प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरी प्रधान कार्यालयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ‘उत्कृष्ट प्रहरी’ पुरस्कारलाई निरन्तरता दिदै आएको छ । प्रहरी कर्मचारीलाई डियूटीमा खटिएको कामको आधारमा प्रहरी जवान देखि प्रहरी अधिकृत सम्म पुरस्कृत गरिदै आएको प्रहरीले जनाएको छ ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारी २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित हुनुभएको छ । अधिकारीले मातहतका प्रहरी कर्मचारीहरुलाई उचित ढंगले परिचालन गरी प्रहरी कार्य, प्रशासनिक ब्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायत फरार रहेका बिभिन्न प्रतिवादीहरु पक्राउ कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताउनुभयो । अबैध घरेलु मदिरा नियन्त्रण, कोभिड १९ नियन्त्रण एबं बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालनमा उत्कृष्ट कार्य गर्न÷गराउन डिएसपी अधिकारीको भुमिका प्रभावकारी रहेको प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।

सुचनालाई चुस्त दुरुस्त राख्न र सुचना प्रवाहमा भुमिका राम्रो हुदा कार्यालयको काममा पारदर्शिता देखियो प्रहरी प्रमुख बोगटीले भन्नुभयो,‘जसले गण्डकी प्रदेशकै उत्कृष्ट हुन सफलता तुल्यायो ।’ स्थानिय तह तथा बिभिन्न सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी समाजमा शान्ति सुरक्षा कायम राखी आम नागरिक माझ प्रहरी संगठनको छबि उच्च बनाउन भुमिका खेलेकोले बर्ष २०७७ को ‘उत्कृष्ट प्रहरी’ सम्मानबाट पुरस्कृत गरिएको बोगटीको भनाई छ ।

१५ महिना अगाडी आउनुभएका अधिकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा २०७७ जेष्ठ २२ गते देखि कार्यरत हुनुहुन्छ । प्रहरीले गरेको काम कारवाहिको बारेमा सहज रुपमा सूचना दिने भुमिकामा अधिकारी जिल्लाका पत्रकारका माझ पनि प्रशंसीत हुनुहुन्छ । हालसम्म जिल्ला प्रहरी कार्यालयमा कार्यरत १२ जना प्रहरी कर्मचारी पुरस्कृत भइसक्नुभएको छ ।