हाइड्रोपावर चम्किादा पनि लगानीकर्तालाई सवा खर्ब नोक्सान



काठमाडौं, (नेस) ।

तीन दिनमात्रै खुलेको यस साताको शेयर बजारमा दुई दिन उच्च अंकले घट्नुका साथै एक दिनमात्रै परिसूचकमा वृद्धि भएको छ । साताको पहिलो र दोस्रो दिन बन्द रहेको शेयर बजार तेस्रो र चौथो दिन घट्नुका साथै पााचौ दिनमात्रै बढेको हो ।

साताभर नेप्से २ दशमलव ७३ प्रतिशत अर्थात ८६ दशमलव ७३ अंकले घढ्दा यस साता परिसूचक ३०९४ दशमलव शून्य ५ बिन्दुमा झरेको छ । यससागै नेप्सेको समग्र बजार पुाजीकरण ४३ खर्ब २३ अर्ब ३ लाख २७ हजार रुपियाा पुगेको छ ।यो अघिल्लो साताको तुलनामा लगानीकर्ताले यस साता १ खर्ब २० अर्ब रुपियाा गुमाएका छन् । कुल २३२ कम्पनीको ६ करोड ६६ लाख छ हजार ४७५ कित्ता ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार रुपियााको कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आए पनि साताभर नै जलविद्युत् कम्पनीको शेयर मूल्य चम्किादा लगानीकर्तालाई उच्च नाफा दिइरहेको छ । मंगलबार नेप्से ५६ दशमलव शून्य ३ अंकले घट्यो भने बुधबार नेप्से ४८ दशमलव ४४ अंकले घटेको थियो । तर, बिहीबार नेप्से १७ दशमलव ६० अंकले बढ्दा यस साता परिसूचक ३०९४ दशमलव शून्य ५ बिन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्