नेप्सेमा ४८ अंकको गिरावट



काठमाडौं, (नेस) ।

साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० दोहोरो अंकले घटेको छ । यस दिन नेप्से ४८ दशमलव ४४ अंकले घटेर ३०७६ दशमलव ४४ बिन्दुमा ओर्लिको छ ।

कुल २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार कित्ता शेयर १२ अर्ब ९ करोड २१ लाख तीन हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेको बजार पुँजीकरण ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख रुपियाँमा झरेको छ । यस दिन कारोबार भएका सबै समूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार रकमका आधारमा यस दिन अरुण काबेली पावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ४८ करोड ७१ लाख ५ हजार ३४६ बराबरको कारोबार भएको छ । । यस्तै रिडी हाइड्रोपावर ४८ करोड ७० लाख ६५ हजार, अरुण भ्याली हाइड्रोपावर ४६ करोड ७१ लाख ११ हजार, नेसनल हाइड्रोपावरको ३६ करोड २८ लाख १० र आइसीएफसी फाइनान्सको ३५ करोड ९७ लाख ८० हजार रुपियाँको कारोबार भएको छ ।

नेप्से घटे पनि जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको । त्यस्तै माउन्टेन इनर्जी नेपाल, दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तका लगानीकर्ताले पनि कमाएका छन् । तर, खानीखोला हाइड्रोपावर, जानकारी फाइनान्स, जनरल इन्स्योरेन्स कम्पनी, नेपाल फाइनान्स ५।५६ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्