नेप्सेका सीईओद्वारा राजीनामा



काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । मंगलबार साँझ पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नुभएको हो ।

साउदले आफू पदीय जिम्मेवारीमा रहँदा कुनै अवाच्छित काम नगरेको भन्दै अनुसन्धानमा सहयोग पु¥याउन राजीनामा दिएको बताउनुभएको छ । साउदमाथि आफ्नो परिवारका सदस्यका नाममा धितोपत्रको दोस्रँे बजारमा शेयर कारोबार गरेको तथा इन्साइडर ट्रेडिङको आरोप लागेको थियो । तत्पश्चात अर्थ मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै संसदको अर्थ समितिले छानविन गरी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

साउदसँगै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि पनि सर्वोत्तम सिमेन्टको शेयर परिवारका सदस्यको नाममा खरिद गरेको विषयमाथि छानविन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्